Construction

Home | Construction Page

एक्स्पर्ट सेवा संगै किन घर बनाउने ?

घर बनाउदा पिल्लर , बिम अनि ढलानमा समस्या देखिनु एकदमै जटिल हुन्छ र यस्ता समस्याहरु समाधान गर्दा धेरै खर्च लाग्छ र घरको वास्तविक भार बहन क्षेमतामा असर गर्दछ। झनै ठुलो समस्या प्लास्टर, प्लम्बिङ्ग तथा इलेक्ट्रिक र अन्य फिनिशिंगको काममा देखिन्छ जसले घरलाई बिस्तारै कमजोर बनाउदै लैजान्छ। एक्स्पर्ट सेवाले यस्ता समस्याहरुको स्रोत बन्द गरेर दिर्घकालिन समाधानमा काम गर्दै आएको छ र घर बनाउदा कस्तो कस्तो ठाउ मा कस्ता कस्ता समस्या आउछन र त्यस्ता समस्याले बर्तमान र भविष्यमा घरलाई कति सम्म खतरा हुन्छ भन्ने कुराको ज्ञान रहेकोले हामीले घर मात्रै नभएर समस्या रहित स्वस्थ घरको निर्माण गर्दछौ। नेपालमा घर निर्माणको काम एकदमै झन्झटिलो र धेरै नै समय लाग्ने गरेको छ। अझ त्यो भन्दा पनि अर्को ठुलो समस्या भनेको , सोचेको भन्दा धेरै खर्च आउने र त्यो खर्चमा पनि धेरै नै काम हरु छुटेको हुने भएको ले पछि गएर अरु थुप्रै पैसा लगानी गर्नु पर्ने देखिन्छ जसले गर्दा घर धनि र ठेकेदार भिच झगडा सम्म परेको देखिन्छ। यो सबै समस्या आउनुको कारण भनेको घर बनाउने ठेकेदार एकदमै अब्यबसायिक र घर बनाउनु भन्दा अघि घर सम्बन्धि सम्पुर्ण जानकारी,लागत खर्छ र यसको निर्माण अवधिको बारेमा जानकारी नहुनु हो।

  • घर निर्माण सबन्धि सम्पूर्ण जानकारी र परामर्श निशुल्क प्रदान गर्छौ।
  • आफ्नै अनुभबी तथा रचनात्मक इञ्जिनिएरहरुको टिम।
  • घरमा आउन सक्ने सम्पुर्ण समस्याको समाधान।
  • नक्सा बनाउने , डिजाइन गर्ने , घर निर्माण गर्ने सम्म एकै छानो मुनि।
  • निर्माण अघि सम्पुर्ण लागत खर्चको बिबरण सहितको सम्झौतामा हस्ताक्षर गर्ने।
  • घर निर्माणको कामलाई २४ /७ सी सी टिभी बाट निगरानी।
  • हरेक हप्ता निर्माण प्रगति बिबरण सहितको रिपोर्ट प्रदान।
  • हरेक घर निर्माणको सम्पुर्ण जानकारी सहितको किताब घर धनीलाई हस्तान्तरण।
  • हरेक घर निर्माणको लागि एक एक सुपरभाइजरको ब्यबस्था।
  • घर हस्तान्तरण गरिसकेपछि ५ बर्ष सम्म नियमित चेकजाचको ब्यबस्था र वारेन्टी प्रदान।
Your Image

4683

घरमा चेक जाच ( Home Inspection )
Your Image

1564

घरमा मर्मत सम्भार (Renovation)
Your Image

118

घर निर्माण (Construction Works)